होमपेज > विराटनगरमा दिँउसै १४ लाख ४७ हजार लुटपाट

विराटनगरमा दिँउसै १४ लाख ४७ हजार लुटपाट

बिज्ञापन
बिज्ञापन

विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका छन् । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएको उनले बताए ।

बिज्ञापन

उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट दिउँसो मेरो ज्वाइँ अमरेशकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर अफिसमा आइपुग्नुभएको थियो । मोटरसाइकलमा आएका दुई जनामध्ये एक जना फोनमा बोल्दै भित्र आए । ब्यागमा राखिएको रकम लिएर फरार भए । त्यसपछि हामीले पनि लखेट्यौँ । मोटरसाइकलमा बसेर लुटेरा आयल निगम तिर हुँदै फरार भए,’ कर्णले भने, ‘प्रहरीमा पनि जानकारी गराइसके छ । अहिलेसम्म प्रहरी पनि आइपुगेको छैन ।’

बिज्ञापन

यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अहिलेसम्म प्रहरीमा खबर नआएको बताए । ‘लुटपाट भयो भनेर हामीलाई खबर आएको छैन,’ उनले भने, ‘घटना के रहेछ हामी यस विषयमा बुझ्नेछौँ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते