होमपेज > चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात

चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात

बिज्ञापन
बिज्ञापन

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको हो ।

बिज्ञापन

यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।

बिज्ञापन

अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ । यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।

यस्तै अम्बाको आयातमा ४० करोड बाहिरिँदा ४९ करोडको कागती आयात भएको छ । कागतीजस्तै अमिलो प्रकारका फलफूलको आयातमा ९ करोड बाहिरिँदा ड्राइ अङ्गुर आयातमा १७ करोड बाहिरिएको छ ।

बिज्ञापन

यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथा नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते