महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले ६.४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बिज्ञापन
कम्पनीले हालको चुक्ता पुँजीको ६.४ प्रतिशत हुन आउने २६ करोड ६९ लाख ६४ हजार तीन सय ९० रुपैयाँ बराबरको नगद लाभांश कर प्रयोजनका लागि समेतगरि वितरण गर्ने भएको हो ।
बिज्ञापन
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा पनि १०.४७ प्रतिशत तथा आव २०७७/७८ मा २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।








