होमपेज > सुटिङको काम भन्दै मिस पबिलाई बसपार्कको होटलमा लगेर ३ दिन राखेपछि…

सुटिङको काम भन्दै मिस पबिलाई बसपार्कको होटलमा लगेर ३ दिन राखेपछि…

बिज्ञापन
बिज्ञापन

सोशल मिडियाबाट चम्किएर कलाकार बनेकी “ मिस पबी” अर्थात पवित्रा साकीले काम लगाइदिन्छु भन्दै आफ्नै मान्छेले होटलमा पुर्याएर अनैतिक हर्कत देखाएको बताएकी छिन् ।’राधिकासँगको पडकास्टमा पबीले यो कुरा खुलाएकी हुन् । उनले जागिरको लागि काठमाडौँ बोलाएको र बसपार्क को १ होटलमा लगेर गएपछी आफुलाई नराम्रो ब्यबर गरेको बताएकी छन् ।उनले भनेकी छन् त्यो होटलमा पुराएपछी मैले जबको लागि आएको भनेर सोध्दा यहाँ रुम पनि दिइन्छ सबै कुरा हुन्छ भने अनि मलाई नराम्रो लाग्न थाल्यो , त्यो होटलमा पुराएपछी घरि के भन्ने घरि के भन्ने अनि त्यो मान्छेले एउटा केटा लिएर आयो त्यो केटा पनि हाम्रै गाउको रहेछ तर त्यो मान्छे चै प्रहरी रहेछ त्यो मान्छेले मलाई कस्तो नराम्रो टच गर्यो ।

बिज्ञापन

मैले तिनिह्रुलई मलाई यस्तो नगर्नु म बच्ची हो भनेर भने । पछी त्यहि भेटिएको एक जनासँग आफुले पैसा सापट मागेर घर फर्किनु परेको बताएकी छन ।त्यस्तै उनले फाइदै उठाउन खोज्नेहरु चै कत्तिको फेस गर्नु पर्यो रु भन्ने प्रश्नमा उनले मलाई कस्तो अन्नोन म्यासेजहरु आइरहेको हुन्छ क्या भन्दै कुरा खोल्न थाल्छिन् । सुरुमा राम्रो तरिकाले बोल्ने पछि–पछि चै ‘स्टे’ गर्न पाइन्छ भन्ने क्या । अनि राधिका डाइरेक्ट भन्छिन् । राधिकाले थप क्लियर गर्न लाइक ‘वान नाईट स्टे’ टाइपको रु भन्छिन् । मिस पबी हो भन्छिन् ।

बिज्ञापन

पबीले केही समय अघि कोही अन्जानहरुले भेटौन भनेर च्याट सुरु गरेको र आफूलेपनि भेट्दैमा के हुन्छ र हुन्छ कफी मीट गरौं भनेर रिप्लाई दिएको बताइन् । त्यसपछि ती व्यक्तिले डाइरेक्ट यौन प्रस्ताव गर्न थालेको खुलाएकी छिन् । त्यस्तो क्रम धेरैले बारम्बार दोहोर्याउने गरेको उनले बताएकी छिन् ।’

बिज्ञापन

पडकास्टमा उनले आफू अब पब्लिक फिगर भइसकेकाले त्यस्ता गलत म्यासेजको लहडमा नफस्ने बताइन् । कोही गलत आशयले शोसल मिडियामा जोडिएको खण्डमा उनीहरुलाई गाली गरेर समय बर्बाद गर्नुभन्दा ब्लक गरिदिने बताइन् । भर्खर पपुलर बन्दै गएकाहरुलाईपनि उनले सचेत हुने गरी यो पडकास्टमा आफ्नो धारणा राखेकी छिन् । कतिपय कलाकार कामकै शिलशिलामा कसैलाई भेट्दा फोटो मात्र खिच्दासमेत मिस यूजको शिकार भएको हुनसक्नेप्रति आँकलन गर्दै उनले सचेत गराएकी छिन् ।’

डडेलधुराकी पवित्रा साकीले केही बर्ष अघिको वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्। टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे। कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग।’

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन्। आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन्। उनी खुलेर बोल्न रुचाउँछिन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते