होमपेज > ५४ वटा बैंक तथा फाईनान्सहरुद्वारा रियलस्टेटमा मात्र दुई खर्ब ४९ अर्ब रुपैंयाँ कर्जा प्रवाह

५४ वटा बैंक तथा फाईनान्सहरुद्वारा रियलस्टेटमा मात्र दुई खर्ब ४९ अर्ब रुपैंयाँ कर्जा प्रवाह

बिज्ञापन
बिज्ञापन

आर्थिक गतिविधि सुस्त भएकै अवस्थामा पनि बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कर्जा बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी पछिल्लो दुई आर्थिक बर्षको प्रतिवेदनको तुलनात्मक अध्ययन गर्दा रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह बढेको देखिएको हो ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९/०८० मा बैंक सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेटमा दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा २१ अर्ब ३३ करोड ३० लाख रुपैंयाँले बढी हो । आव २०७८/०७९ मा रियलस्टेट क्षेत्रमा कुल दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह भएको थियो ।

बिज्ञापन

रियलस्टेट क्षेत्रमा प्रवाह भएको कुल कर्जा मध्ये बाँणिज्य बैंकहरुले मात्र भने आव २०७९/०८० सो क्षेत्रमा दुई खर्ब १७ अर्ब ९६ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा १८ अर्ब ३२ करोड ३० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवमा भने यस्तो कर्जा रकम एक खर्ब ९९ अर्ब ६४ करोड १० लाख रुपैंयाँ रहेको थियो । यसैगरी बिकास बैंकहरुले आव २०७९/०८० रियलस्टेट क्षेत्रमा २१ अर्ब ८८ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा तीन अर्ब १६ करोड ७० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवको बिकास बैंकहरुको यस्तो कर्जा १८ अर्ब ७१ करोड ७० लाख रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक र बिकास बैकहरुले रियलस्टेट कर्जा बढाएपनि फाईनान्स कम्पनीहरुले भने यस्तो कर्जा घटाएका छन् । आव २०७९/०८० फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कुल नौं अर्ब ७४ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा एक करोड ५७ लाख रुपैंयाँले कम हो । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुको यस्तो कर्जा रकम नौं अर्ब ८९ करोड ७० लाख रुपैंयाँ रहेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते