होमपेज > शंकर बिसीको ‘शंकर बिसी डान्स एकेडेमी’ सञ्चालनमा, वरिष्ठ कलाकार मिथिला शर्माद्धारा उद्घाटन

शंकर बिसीको ‘शंकर बिसी डान्स एकेडेमी’ सञ्चालनमा, वरिष्ठ कलाकार मिथिला शर्माद्धारा उद्घाटन

बिज्ञापन
बिज्ञापन

लोकप्रिय मोडल तथा निर्देशक अर्थात लोक दोहोरीको महानायक भनेर चिनिने शंकर बिसीले काठमाडौंको महाराजगञ्जमा “शंकर बिसी डान्स एकेडेमी” सञ्चालनमा ल्याएका छन् । बिगत लामो समयदेखि नृत्यको क्षेत्रमा ख्याती कमाएका बिसीले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उदेश्यले काठमाडौं ३ महाराजगन्ज चोकमा डान्स एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

बिज्ञापन

डान्स एकेडेमीको उद्घाटन वरिष्ठ कलाकार मिथिला शर्माद्धारा गरिएको थियो । उद्घाटनमा नेपाली गीत संगीत क्षेत्रका चर्चित मोडल तथा डान्सरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा लोकप्रिय मोडल तथा डान्सरहरु महेन्द्र गौतम र कृष्ण रसाईलीले पनि शुभकामना दिए ।

बिज्ञापन

शंकर बिसीले विगत लामो समयदेखि डान्स सिकाउदै आएका थिएँ । बिचमा कोरोना महामारी र लकडाउनले गर्दा प्रभावित भयो । लकडाउनका कारण उनले सञ्चालनमा ल्याएको डान्स एकेडेमी बन्द भएको थियो । अब स्थायीरुपले एकेडमी चलाउने उनको सोच रहेको कुरा बताए ।

बिज्ञापन

शंकर बिसी डान्स एकेडेमीमा बिभिन्न प्रकारका मौलिक नृत्य सहित अन्य प्रकारका नृत्यहरु सिक्न पाईन्छ । शंकर बिसी भन्छन् लगातार नृत्य सिकेपछि नाच्नै नजान्ने ब्यक्तिलाई पनि नाच्न सक्ने बनाउछु ।

अन्य कलाकारहरुले पारिश्रमिक बढाएर महंगो बनाएर सांगीतिक क्षेत्रलाई डुबाउन खोजेको गुनासो गर्दै आगामी दिनमा अरुले जे जस्तो गरेतापनि आफुले पारिश्रमिक नबढाएर सबैले भिडियो बनाउन सक्ने स्थिती श्रृजना गर्ने, यो क्षेत्रलाई पनि टिकाउने सोच रहेको करा बिसीले बताए ।

शंकर बिसी डान्स एकेडेमीमा असार १० गते आईतबारदेखी बिहानी कक्षा, दिवा कक्षा, रात्रीकालिन् कक्षा सञ्चालन हुने कुरा शंकर बिसीले बताए । साथै सञ्चालन भएको केही महिना सम्म बिशेष छुटको ब्यवस्था भएको कुरा उनले बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते