होमपेज > विमान दुर्घटनापछि पोखरामा पर्यटक घटे

विमान दुर्घटनापछि पोखरामा पर्यटक घटे

बिज्ञापन
बिज्ञापन

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा यति बेला आन्तरिक तथा बाह्य पर्यटक आगमन घटेको छ । गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका कारण समेत यहाँको पर्यटन क्षेत्र प्रभावित बनेको हो । पर्यटकले अग्रिम बुकिङ समेत रद्ध गरेका कारण पर्यटकको चहलपहलमा कमी आएको छ ।

बिज्ञापन

पर्यटन क्षेत्र सुष्त हुँदा सोको मार फेवाताल लगायतका तालहरुमा डुँगा चलाएर जिविकोपार्जन गर्दे आएका मजदुहरुमाथि समेत परेको छ । विमान दुर्घटनाको त्रासपछि अग्रिम बुकिङ समेत रद्ध हुँदा पर्यटन क्षेत्र प्रभावित बन्न पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् । घटना लगत्तै हवाईमार्गबाट यात्रा गर्ने यात्रु समेत कम भएका छन् । पोखरा घुम्न आउने पर्यटक फेवाताल पुग्न र तालमा डुँगामा शयर गर्न छुटाउँदैैनन् । डुँगा चढेर तालको मध्य भागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न जानेहरु समेत उत्तिकै हुने गर्दछन् ।

बिज्ञापन

फेवातालमा करिव एक दशकदेखी डुङ्गा चलाउँदै आउएका हेटौँडाका सविन लामाले विमान दुर्घटनाअघि आन्तरिक तथा बाह्य पर्यटक राम्रो रहेपनि त्यसपछि कम भएको बताए। तालमा डुँगा शयर गर्ने आन्तरिक पर्यटकको भीड अहिले घटेको लामाको भनाई छ । विगतमा दैनिक चार/पाँच हजारसम्मले डुँगा शयर गर्ने गरेपनि अहिले घटेर दैनिक सात/आठ सयमा झरेको लामाले बताए ।

उनले भने,“विमान दुर्घटनापछि पर्यटक घटेका छन् । विमानस्थल सुरक्षित छ भन्ने सन्देश सरकारले दिनुपर्दछ ।” विगतमा ताल किनारमा डुँगा चढ्नका लागि दिनभर जसो पालो पर्खनेहरुको भीड हुने गरेपनि अहिले साँझ विहान मात्र केही चहलपहल भएपनि अन्य बेला सुनसान जस्तै हुने गरेको डुँगा व्यवसायीहरु बताउँछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते