होमपेज > दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि सुरू हुने

दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि सुरू हुने

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले आउँदो दशैं पर्वलाई मध्यनजर गर्दै भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट (साना दरका नयाँ नोट) सटही गर्ने व्यवस्था गरेको छ।

बिज्ञापन

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै आम सर्वसाधारणले तोकिएको मितिभित्र सुकिला नोट सटही गर्न सक्ने जानकारी दिएको हो।

बिज्ञापन

नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित प्रदेश कार्यालयहरू – विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा व्यवस्था मिलाइएको छ।

साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका शाखाबाट पनि सर्वसाधारण र संघ-संस्थाले सुकिला नोट सटही गर्न सक्नेछन्।

बिज्ञापन

ग्राहकहरूले आफ्नै खातावाला बैंक, नजिकको बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका सम्बन्धित कार्यालयमा पुगेर नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते