अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड KTM ले काठमाडौंमा जारी Naima Mobility Expo 2025 मा आफ्ना ६ नयाँ मोटरसाइकल मोडेलहरू सार्वजनिक गरेको छ।
बिज्ञापन
काठमाडौंको भृकुटीमण्डपस्थित Stall D1, Hall ‘D’ ’ मा आयोजना भइरहेको प्रदर्शनीमा KTM Nepal ले २०२५ संस्करणका नयाँ मोडेलहरू प्रदर्शित गर्दै नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराउने घोषणा गरेको हो। नयाँ मोडेलहरूमा Duke, Adventure र Enduro सिरिजका बाइक समावेश छन्, जसमा आक्रामक डिजाइन, आधुनिक प्रविधियुक्त फिचरहरू र शक्तिशाली इन्जिनको संयोजन रहेको कम्पनीले जनाएको छ।
बिज्ञापन
यी बाइकहरू शहर तथा अफ-रोड दुबै यात्राको लागि उपयुक्त मानिन्छन्। KTM का प्रतिनिधिहरूका अनुसार, नयाँ मोडेलहरूको मूल्य प्रतिस्पर्धात्मक राखिएको छ र सवारी शौकिनहरूका लागि यी बाइकले उत्कृष्ट अनुभव दिनेछन्। Naima Mobility Expo 2025 साउन २१ गतेदेखि सुरु भई साउन २५ गतेसम्म (६–१० अगस्ट २०२५) सञ्चालन हुनेछ, जहाँ KTM Stall D1 मा यिनै बाइकहरू प्रत्यक्ष अवलोकन तथा जानकारी लिन सकिनेछ।








