प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।







