होमपेज > आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै

आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै

बिज्ञापन
बिज्ञापन

आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै छ ।

बिज्ञापन

फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ । तराई मधेशमा उत्पादन गरिएका नेपाली ऑपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते (जुन २७) दिउँसो १ बजे हुँदै छ । वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

बिज्ञापन

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो ।
फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य श्रृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।

के छन् कार्यक्रमका आकर्षण ?
– १० भन्दा बढी प्रजातिका ऑपहरू प्रदर्शनीमा
– ५ भन्दा बढी प्रजातिका ऑपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने (माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया)
– २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू (सहकार्य गरेका रेस्टुरेन्टहरूमा)
– सबै उमेरका सहभागीका लागि रमाइला म्याङ्गो गेमहरू र इन्गेजिङ गतिविधिहरु ।

बिज्ञापन

तीन दिनसम्म चल्ने म्याङ्गो फेस्टिभल लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा हुनेछ । यी तीनवटै रेस्टुरेन्टहरुले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्य बनाउने तयारी गरेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते