नेपाली बजारमा आज बुधबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४० रुपैयाँमा किनबेच भइरहेको छ ।








