हाल कोशी, मधेस, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ।
बिज्ञापन
साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यी विभिन्न वायुका प्रभावले अहिले कोशीदेखि लुम्बिनी प्रदेशसम्मै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा धनकुटाको मछुवाघाटमा भारी वर्षा भएको छ। त्यहाँ १४०.२ मिलिमिटर वर्षा मापन भएको छ। धनकुटाकै त्रिवेणीमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ। खोटाङको लामिडाँडामा १००.४ मिलिमिटर वर्षा भएको छ।
बिज्ञापन
जल तथा मौसम विज्ञान विभिागका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने विभागले जनाएको छ।








