आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।
बिज्ञापन
सुन आज तोलामा २ हजार ९०० रूपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो।
बिज्ञापन
त्यस्तै चाँदीको भाउ पनि आज तोलामै ५५ रूपैयाँले वृद्धि भएर प्रतितोला २ हजार ४५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९९० रूपैयाँमा कारोबार भएको थियो।








