विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ ।
बिज्ञापन
बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । ‘असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सोही सहमित बोकेर अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा जानुभएको छ ।’
बिज्ञापन
आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ । nयो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ ।








