होमपेज > एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै नेपाल आउने

एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै नेपाल आउने

बिज्ञापन
बिज्ञापन

चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामीले नयाँ कम्प्याक्ट एसयूभी ‘नामी ०६’ सर्वाजनिक गरेको छ ।कम्पनीले चीनमा सुरू भएको सांघाई अटो शो २०२५ मा नामी ०६ सार्वजनिक गरेको हो ।

बिज्ञापन

नामी ०६ डोङफेङको क्वान्टम इलेक्ट्रीक आर्किटेक्चर नं ३ प्लेटफर्ममा बनेको हो । यो ईभी चिनियाँ बजारमा सन् २०२५ कै दोस्रो त्रैमास भित्रै बिक्री सुरू हुनेछ । डोङफेङले नामी ०६ एकैपटक लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभमा लन्च गर्नेछ । यो ईभी सन् २०२५ भित्रै नेपालमा आउने पनि पक्का भईसकेको छ । नेपालका लागि डोङफेङको नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा शोकेश गर्नेछ ।

बिज्ञापन

नामी ०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम तथा २७१५ एमएमको ह्वीलबेस रहेको छ । यसको क्याबिनमा ठूलो साइजको फ्लोटिङ सेन्टर स्क्रीन, स्लिम डिजीटल क्लस्टर, ड्युल स्पोक स्टेरिङ ह्वील, कोलुम माउण्टेड गियर सेलेक्टर जस्ता फिचर छन् । यो ईभीमा पानारोमिक सनरुफ, ५० वाटको वायरलेस चार्जर, १२८ कलरको एम्बियन्ट लाइट तथा फ्रन्ट सेन्टर आर्मरेस्टमा हिडन कप होल्डर दिएको छ ।

डोङफेङको नामी ०६ को अप्रोच र डिपार्चर एंगल २३ र ३० डिग्रीको रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते