होमपेज > नेपाल बार एसोसिएसनको नेतृत्वका लागि मन्दिरा अधिकारीको उम्मेदवारी

नेपाल बार एसोसिएसनको नेतृत्वका लागि मन्दिरा अधिकारीको उम्मेदवारी

बिज्ञापन
बिज्ञापन

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य (महिला खुला) पदमा उमेदवारी दिने निर्णय गरेकी छन् ।

बिज्ञापन

उनका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी दर्ता गराएकी हुन् । पेशागत जीवनमा कानुन व्यवसायीहरूले भोग्ने कठिनाइहरूबारे आफू भुइँ तहबाट जानकार रहेको बताउँदै उनले नेपाल बार एसोसिएसनको महत्वपूर्ण भूमिका नवप्रवेशी कानुन व्यवसायीहरूलाई आवश्यक मार्गदर्शन दिने र पेशागत स्थायित्व प्रदान गर्ने हुनुपर्ने धारणा राखेकी छन् ।
‘बारको मुख्य उद्देश्य नै कानून व्यवसायीहरुको हकहितको संरक्षण गर्नु हो, त्यसलाई नै केन्द्र विन्दुमा राखेर काम गर्नुपर्छ’ उनले भनिन् ।

बिज्ञापन

नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने / अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । कानून व्यवसायीहरुबीच एकताको विकास गर्नको लागि नेपाल बारको भुमिका अपरीहार्य छ । अधिवक्ता अधिकारीले कानुन व्यवसायीहरूको पेशागत हकहितका विषयमा प्रभावकारी रूपमा काम गर्न नसकेको बताइन् । कानुन व्यवसायीहरूको सहज पहुँच बारसम्म नपुगेको उनको भूमिका छ ।

न्यायालय र कानूनी प्रशासन प्रणालीबीच सेतुको भुमिका निर्वाह गर्ने बारको पछिल्लो भुमिका केही खस्किएको अधिवक्ता मन्दिराको भनाइ छ । संवैधानिक रुपमा बार एसोसिएसनले सरकारलाई खबरदारी गर्ने भूमिका त निर्वाह गरे पनि
संस्था भित्रको निर्णय प्रक्रियामा विधि९विधानअनुसार सुधार आवश्यक रहेको उनको भनाइ छ ।
कानून व्यवसायीहरुलाई गुणस्तरीय तालिम, सूचना तथा नेटवर्किङ सुविधा उपलब्ध गराउन पहल गर्ने उनको योजना छ । नेपाल बारमा निर्वाचित भइ आएमा विधिको शासन र मानव अधिकार प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने उनले बताइन्।
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनसँग आबद्ध अधिकारीले कानुन व्यवसायीहरूको पुरानो प्रवृत्तिलाई बदल्दै नयाँ पुस्ताको भावना र समयको मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो उम्मेदवारी परिवर्तनको चाहना गर्नेहरुको परीक्षणको रूपमा रहेको उल्लेख गरिन् ।

बिज्ञापन

महिलाका लागि बार एसोसिएसनमा सीमित अवसर रहेको र आसेपासे प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताउँदै उनले यस्ता विसंगतिहरू हटाउन आफूले नेतृत्वमा आउन खोजेको स्पष्ट पारिन् । निर्वाचनबाट सुयोग्य उमेद्वारहरु छनौट भइ आएमा नेपाल बार एसोसिएसन कानुन व्यवसायीहरूको पेशागत विकास, संस्थागत सुधार र नेतृत्व परिवर्तनको आधार बन्ने विश्वास अधिकारीले व्यक्त गरेकी छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते