होमपेज > आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी

आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी

बिज्ञापन
बिज्ञापन

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात टाइटानले त्यसपछि लगातार दोस्रो जित हात पारेको छ ।

बिज्ञापन

बुधबार राति भएको खेलमा सनसनीपूर्ण सुरुवात गरेको रोयल च्यालेन्जर बंग्लोरुलाई गुजरातले ८ विकेटले हराएको हो । १७० रनको लक्ष्य पाएको गुजरातले १३ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १७० बनाउँदै लक्ष्य पूरा गर्यो । गुजरातका लागि जोस बटलरले अविजित रहँदै ३९ बलमा ७३ रन जोडे । उनको पारीमा ५ चौका र ६ छक्का थियो । सेरफान रुदरफोर्डले अविजित १८ बलमा ३० रन जोडे । साइ सुदर्शन अर्धशतक बनाउन एक रनले चुके । उनले ३६ बलमा ७ चोका र एक छक्काको मद्दतमा ४९ रन जोडे । बंग्लोरुका लागि भुवनेश्वर कुमारले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो । बंग्लोरुले ६.२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो । बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए ।
मध्य क्रममा बंग्लोरुलाई खुलेर खेल्न रोकेका साइ किशोरले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा दुई रन खर्चेर एक विकेट लिए । बंग्लोरुका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका लियाम लिभिङ स्टोनले ५४, छैटौँ क्रममा जितेस शर्माले ३३ तथा आठौँ क्रममा टिम डेभिडले १८ बलमा ३२ रन जोडे । सिराज खेलको प्लेयर अफ द म्याच घोषित भए ।
बंग्लोरु यो हारपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । गुजरात समान अंकका साथ चौथो स्थानमा छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते