सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङको बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा दुर्घटना भएको छ।
बिज्ञापन
कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ। अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ।
बिज्ञापन
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरको प्रहरी टोली घटनास्थलमा खटिएको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।








