भारतको छत्तीसगढबाट कुम्भमेलामा भाग लिन प्रयागराज जाँदै गरेको गाडी छत्तीसगढमा दुर्घटनामा परेको छ। जसबाट १० जना भक्तजनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बिज्ञापन
यस दुर्घटनामा परी १९ जना घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। मृतकहरू सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा थिए। छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट १० जना श्रद्धालु यात्रु बोलेरोमा प्रयागराज जाँदै थिए, जहाँ उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुकापूरा गाउँनजिकै शुक्रबार अबेर राति बोलेरो बससँग ठोक्कियो।
बिज्ञापन
प्रहरीका अनुसार ठोक्किँदा बोलेरोको अगाडिको भाग चकनाचुर भएको थियो र बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको हो। बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्, जसलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ। बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्, जो नुहाएर वाराणसी जाँदै थिए।








