बझाङमा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। खप्तडछान्ना गाउँपालिका-७ गडराय बस्ने ३४ वर्षीय विरेन्द्र रोकाया पक्राउ परेका हुन्।
बिज्ञापन
रोकायालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो। उनीविरूद्ध १५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिज्ञापन
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।








