अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बिज्ञापन
आइतबार दिउँसो मेल्लेख गाउँपालिका-५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो। ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन्।
उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ।








