ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन्। बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन्। बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए।
बिज्ञापन
आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए।








