कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन्। ‘अन्दाजी २३,२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेका हुन्।
बिज्ञापन
चारकोठे टिनको छानो भएको घरमा उनीहरू भेटिएका हुन्’डीएसपी बोहराको भनाई छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








