होमपेज > गोली चल्दा १० जनाको मृत्यु, गोली चलाउने व्यक्ति पनि मृत फेला

गोली चल्दा १० जनाको मृत्यु, गोली चलाउने व्यक्ति पनि मृत फेला

बिज्ञापन
बिज्ञापन

स्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन्।

बिज्ञापन

स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’ नामको क्याम्पसमा मंगलबार एक युवकले गोली चलाएका थिए। त्यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको स्वीडिस समाचार एजेन्सी टीटीले जनाएको छ।

बिज्ञापन

गोली लागेर थुप्रै व्यक्ति घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ। शिक्षिका लिन वारेनमार्कका अनुसार मंगलबार दिउँसो गोली चल्दा क्याम्पस परिसरमा कम विद्यार्थीहरु थिए। किनभने परीक्षा पछि धेरै विद्यार्थीहरु घर फर्किसकेका थिए। उनले १० पटकसम्म गोली पड्केको सुनेको बताएकी छन्।

घटनास्थलको भिडियोमा गोली चलेको खबर पाउनासाथ प्रहरीसहितको टोली विद्यालय परिसरमा पुगेका थिए। उनीहरुले क्याम्पस र नजिकका घरहरुबाट मानिसहरुलाई बाहिर निकालिएको थियो। प्रधानमन्त्री उल्फ क्रिस्टरसनले यो घटना स्वीडेनको इतिहासको खराबमध्ये एक भएको बताएका छन्। साथै उनले यसबारे अनुसन्धान जारी रहेको बताएका छन्।

बिज्ञापन

बीबीसीका अनुसार घटनास्थल राजधानी स्टकहोमबाट करिब १२४ किलोमिटर पश्चिममा पर्दछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते