हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन्।
बिज्ञापन
सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो। टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन्। विजेता शर्माले १० लाख नगदसहित शीर्ष प्रायोजक यामाहाबाट मोटरसाइकल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
बिज्ञापन
टीम लाउरेबाट अरविन्द चन्द ठकुरी उपविजेता बने। रनरअप बनेसँगै ठकुरीले १ लाख नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। फिनाले एपिसोडमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहित प्रायोजकका प्रतिनिधिले पुरस्कार प्रदान गरे।
पुरस्कार भने मंगलबार आयोजना विशेष समारोहमा प्रदान गर्ने तयारी छ। छैटौं सिजनमा १६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। यो सिजनमा अनुपविक्रम शाही, दीया मास्के, प्रियंका कार्की र आशिष राना लाउरे ग्याङ लिडरको रुपमा थिए। सिजनलाई रेमनदास श्रेष्ठले होस्ट गरेका थिए। सिमोस सुनुवार निर्देशक हुन्।








