बझाङमा फेरि अर्को जीप दुर्घटना भएको छ । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए।
बिज्ञापन
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए। जीप सडकबाट करिब सय मिटर तल खसेको छ। जीपमा चालक थापा मात्र थिए। बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ गइरहेको जीप धमेनानजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
बिज्ञापन
दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, उनकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उनकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
-यो पढ्न छुट्टाउनु भयो कि?
बिज्ञापन
बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु








