होमपेज > भारतकी चर्चित आरजे सिमरनले गरिन् आत्महत्या

भारतकी चर्चित आरजे सिमरनले गरिन् आत्महत्या

बिज्ञापन
बिज्ञापन

भारतकी चर्चित इनफ्लुएन्सर तथा रेडियो प्रस्तोता (आरजे) सिमरन सिंहले गुरुग्रामस्थित आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी छन्। २६ वर्षीया सिमरन बुधबार राति कोठामा पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

बिज्ञापन

सिमरन मूल रूपमा जम्मू जिल्लाको दिग्याना इलाकाकी बासिन्दा थिइन्। दुई वर्षदेखि गुरुग्रामको सेक्टर ४७ मा भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन्। प्रहरीकाअनुसार बुधबार राति १० बजे सेक्टर ४७ का केही व्यक्तिले कन्ट्रोल रुममा एक युवती झुण्डिएर आत्महत्या गरेको खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शवलाई कोठाबाट निकालेर अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

परिवारकाअनुसार सिमरन केही समयदेखि समस्यामा परेकी थिइन्, तर यस विषयमा परिवारले न कसैलाई आरोप लगाएको छ न त कसैविरुद्ध उजुरी नै गरेको छ। प्रहरीले सिमरनको फ्ल्याटबाट कुनै सुसाइड नोट फेला पारेको छैन। घटनाबारे सिमरनको साथीले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी घटनास्थल पुग्दा फ्ल्याटको ढोका भित्रबाट ताला लगाइएको थियो। सिमरनको शव बिहीबार बिहान पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ।

सिमरनले रेडियोको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्, तर पछि सामाजिक सञ्जालतिर लागिन्। उनको इन्स्टाग्राम अकाउन्टमा धेरै भिडिओ छन्, जसलाई उनका फ्यानले निकै मन पराएका थिए। प्रहरीले यस विषयमा परिवार र साथीभाइसँग सोधपुछ गरिरहेको छ।

बिज्ञापन

आरजे सिमरन सिंह इन्स्टाग्राममा निकै सक्रिय थिइन्। जहाँ उनका ७ लाख फलोअर्स छन्। उनले आफ्नो इन्स्टाग्राम बायोमा ‘जम्मु की धडकन’ लेखेकी थिइन्। उनले १३ डिसेम्बरमा एउटा भिडियो पोस्ट गरेकी थिइन्, जसमा उनी समुद्र तटमा नाचिरहेको देखिएकी थिइन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते