भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
बिज्ञापन
जाजरकोटमा बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। नलगाड नगरपालिका–७ खगेनकोटकी ४१ वर्षीया धनी परियारको बाख्रा फर्काउन गएको बेला चिप्लेर भीरबाट खसेर मृत्यु भएको हो।
बिज्ञापन
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ बटालागाउँ माइतीघर भएकी परियार बिहीबार अपरान्ह कोटखोला जंगलमा बाख्रा चराउन गएकी थिइन्। साँझ ५ बजेतिर बाख्रा मात्रै घर गएपछि परिवार खोजी कार्यमा जुटेको थियो। खोजी कार्य गर्न गएको बेला लडेर अचेत अवस्थामा फेला परेकी परियारलाई दिल्लीस्थित नलगाड अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।








