होमपेज > बयानका लागि छविलाल जोशीलाई चितवन लगियो

बयानका लागि छविलाल जोशीलाई चितवन लगियो

बिज्ञापन
बिज्ञापन

चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार पूर्वडीआईजी जोशीका साथै रामबहादुर ढकाललाई चितवन ल्याइएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन ल्याउने प्रहरीको तयारी छ।

बिज्ञापन

५ मंसिरमा २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ। दोस्रो चरणको अनुसनधामा साहाराका बचतकर्ताले रवि र छविसँगै जीबी गु्रप अफ कम्पनीका शेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का शेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ, रामबहादुर खनालविरुद्ध उजुरी दिएका थिए।

यसअघि गत ८ भदौमा साहारा सहकारी ठगी प्रकरणको मुद्दा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो। अहिले विचाराधीन अवस्थामा रहेको उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको थियो। त्यतिबेला सहकारीका संस्थापक अध्यक्ष जीबी ९गितेन्द्रबाबु० राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर गरी १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो।

बिज्ञापन

त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालदै मुद्दा दायर गरिएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते