सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मिति २०८१/०८/०२ आइतबारका दिन सम्झौता भएको छ।
बिज्ञापन
सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे। यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलिपेप्लस नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ। चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
बिज्ञापन
एनसीएचएलले अलिप्लेप्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्क बीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ। यसै पहल अनुरूप सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।








