होमपेज > ईच्छा पुरा गर्न सोमबार गर्नुहोस् ! यी १० कामहरु…

ईच्छा पुरा गर्न सोमबार गर्नुहोस् ! यी १० कामहरु…

बिज्ञापन
बिज्ञापन

प्रत्येक दिन फरक- फरक भगवानको पूजा गर्ने चलन हिन्दू धर्म शास्त्रमा रहेको छ। त्यसैगरी आज सोमबार, सोमबारलाई भगवान शिवजीको बार मानिन्छ। कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ। ज्योतिषको अनुसार, सोमबार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो।

बिज्ञापन

बिज्ञापन

सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ। सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन्। सोमबार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ।

बिज्ञापन

-सोमबारको दिन कष्ट हटाउन यसो गर्नुहोस्ः

शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ त्यसैले सोमबारको दिन शिवजीको पूजा गर्दा दुधको अभिषेक गर्न नभुल्नुहोस्। मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस्। चामल, दूध, चाँदी दान गर्नुहोस्। यदि तपाईंलाई चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ। जसको चन्द्रमा कमि छ त्यस व्यक्तिले सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस्। सोमबार खीर खानु पनि शुभ हुन्छ, चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ। मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस्। धनधान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस्। लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस्।

जान्नुहोस् ! सोमवार जन्म हुने व्यक्तिको स्वभाव कस्ता हुन्छन्?

– मानिसको सोचाई विचार, धारणा बानीव्यहोरा, आनीबानी उसको जन्मबाट नै विकास हुँदै जान्छ। ज्योतिषहरु भन्छन्, ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ। ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ।’ यहाँ सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा जानाै !

१-सोमबार जन्मेका व्यक्तिहरुको पहिलो गुण भनेको स्मरण शक्तिमा तेज हो। यिनीहरुको स्मरणशक्ति बलियो हुन्छ।

२-यिनीहरु मृदुभाषी हुन्छन्। तर धेरै ‘रिजर्भ’ स्वभावका हुन्छन्।

३-निकै संवेदनशील र चाँडै नर्भस हुने, चित्त दुखाउने हुन्छन्।

४-सोमबार जन्म लिने व्यक्ति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन्।

५-यिनीहरु आफूसँग जोडिएका सम्बन्धमा निकै महत्व राख्छन्।

६-यिनीहरु पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै प्रगति गर्ने खालका हुन्छन्।

७-सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन्।

८- सोमबार जन्म लिने व्यक्ति सौन्दर्यमा निकै ध्यान दिने प्रवत्तिको हुन्छन्। र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ।

९-सोमबार जन्म लिने व्यक्ति सबैलाई सम्मान गर्ने तर केहि हदसम्म रिसाउने, कुरा नबुझ्ने स्वभावका हुन्छन्।

१०- यिनीहरु ‘टार्गेट सेट’ गरेपछि पूरा गर्न लालायित हुन्छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते