कर्णाली याक्सले भारतीय पूर्वओपनर शिखर धवनलाई भित्र्याएको छ। कर्णाली याक्समा भित्रिएसँगै भारतीय स्टार क्रिकेटर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका हुन्।
बिज्ञापन
गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन्।
बिज्ञापन
आइपिएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका उनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी २० खेलेका थिए। सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ।








