होमपेज > त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण गर्ने (भिडियो सहित)

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण गर्ने (भिडियो सहित)

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण गर्ने भएको छ। वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने भएको हो।

बिज्ञापन

अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी त्रिविले तयारी गरेको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गते बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नोत्तर तयार पार्ने निर्णय गरेको थियो । उक्त निर्णय आगामी वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गर्न लागेको हो ।

बिज्ञापन

उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिने त्रिविले जनाएको छ। त्यसबारे त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ । मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षाशास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो ।

त्रिविले अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र निर्माण गर्दै आएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहमा दुवै भाषामा प्रश्नपत्र निर्माण गर्ने निर्णय गरेका थिए। उक्त निर्णय तत्काल कार्यान्वयन गर्न सम्भव नदेखिएपछि त्रिविले आगामी वर्षदेखि लागू गर्न लागेको हो।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते