होमपेज > भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

बिज्ञापन
बिज्ञापन

भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्) लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको हो ।

बिज्ञापन

रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो । घटना शङ्कास्पद भएपछि अनुसन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।

बिज्ञापन

प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठुलो रिङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरू बरामद गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते