गोरखाको सिरानचोक गाउँपालिका- ७ कुलगाउँकी ४८ वर्षीय निरमाया गुरुङको डेंगु संक्रमणले मृत्यु भएको छ।
बिज्ञापन
गत भदौ १० गते एपोलो अस्पताल गोरखामा जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो । स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
बिज्ञापन
गोरखामा डेंगुले अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगुकोसङ्क्रमण देखिएको उनले बताए।








