नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा नेपाली उसु खेलाडीले ४ स्वर्ण जितेका छन् । नेपालले ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।
बिज्ञापन
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेकी हुन् । पुरुष ४८ केजीमुनि विराज सुनार र ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण जिते । पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गी राज्यलक्ष्मी गौतमले रजत जिते । रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य जिते ।
बिज्ञापन
सोही प्रतियोगितामा तेक्वान्दो टोलीले २ स्वर्ण, ४ रजत र ८ कांस्य जितेको छ । महिला ६८ केजीमुनि ऋषिका बुढाथोकी र पुम्सेको महिला जोडीमा ऋषिका र युनिशा निरौलाले स्वर्ण हात पारे । पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पंकज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते ।
पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पंकज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र शुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कांस्य जितेका थिए ।








