होमपेज > युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित एक होटलमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।

बिज्ञापन

गत बिहीबार राति भएको उक्त घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई जना नेपाली र चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार गत बिहीबार भारतबाट घुम्न आएकी २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ।

बिज्ञापन

पीडित युवतीले आफूहरूसँगै आएका ती पुरूषले बलात्कार गरेको भन्दै जाहेरीपछि अनुसन्धान अघि बढाइएको डिएसपी भट्टले बताए। पक्राउ पर्नेहरूमा भारतको महाराजगञ्ज जिल्लाका ३७ वर्षीय अफरोज समी, ३१ वर्षीय अत्तर रजा, २७ वर्षीय सालु खान र गोरखपुरका २७ वर्षीय बब्लु खान छन्। त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ३२ वर्षीय सारुख तेली र अकबर खान पनि प्रहरीको हिरासतमा छन्। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत रूपन्देहीबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। एक महिना पहिले रुपन्देहीकै कोटहीमाइकी एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना छानबिन भइरहँदा अर्को घटना बाहिरिएको हो।

गत भदौ ५ गते कोटहीमाई गाउँपालिका-६ का मुकेश चौधरीले तालिममा सहभागी गराउने भन्दै एक किशोरीलाई होटलमा पुर्‍याएका थिए। होटल पुर्‍याएर मुकेशसहित अन्य दुई जना मिलेर सामूहिक बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। उक्त घटनामा संलग्न भएको आरोप लागेका तीनै जनामाथि आवश्यक अनुसन्धान पुरा गरी मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको डिएसपी भट्टले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते