होमपेज > खाना पकाउने क्रममा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु

खाना पकाउने क्रममा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु

बिज्ञापन
बिज्ञापन

जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्ती गाउँमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय कालीबहादुर रावतकी छोरी आरोसी रावतको आगलागीबाट मृत्यु भएको हो।

बिज्ञापन

सोमबार साँझ ५:२० बजेतिर मिलढुस्का भन्ने ठाउँमा काठ र त्रिपालले बनाइएको अस्थायी टहरामा खाना पकाउने क्रममा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दका अनुसार आगलागीको खबर ६ बजे स्थानीयहरूले प्रहरी चौकी ताम्तीमा दिएपछि तत्कालै प्रहरी सहायक निरीक्षक मदन सिंह बोहराको नेतृत्वमा चार जना प्रहरी जवान घटनास्थलतर्फ खटिएका थिए।

बिज्ञापन

त्यस्तै, प्रहरी कार्यालय जुम्लाबाट पनि सूचना अधिकारी चन्दको कमाण्डमा ७ जनाको टोली पठाइएको थियो। प्रहरीका अनुसार आगलागीमा परी बालिका जलेको अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा पुगेका प्रहरी टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते