होमपेज > हुम्लामा बिरामीको चाप बढ्यो, सबैभन्दा बढी झाडापखाला र निमोनियाका बिरामी

हुम्लामा बिरामीको चाप बढ्यो, सबैभन्दा बढी झाडापखाला र निमोनियाका बिरामी

बिज्ञापन
बिज्ञापन

जिल्ला अस्पताल हुम्लामा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा अत्यधिक चाप भएको अस्पतालले जनाएको छ ।

बिज्ञापन

बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताए । १५ श्यया क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बढी बिरामी भर्ना हुँदा समस्या भएको उनको भनाइ छ । अस्पतालमा आइतबार मात्रै १५० जना बिरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरो, झाडापखाला, निमोनियाका बिरामी छन् ।

बिज्ञापन

केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेकोमा पछिल्ला दिनमा बिरामी बढेको डा पुजाराले बताए । जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन