होमपेज > रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर अभियान

रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर अभियान

बिज्ञापन
बिज्ञापन

रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर(सर्च एण्ड डिस्ट्रोय) अभियान सञ्चालन गरिएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो ।

बिज्ञापन

रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु सङ्क्रमण भेटिएको छ । सङ्क्रमण फैलँदै गएपछि स्थानीय तहमा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले बताए ।

बिज्ञापन

डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लबहरू, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरू खोज र नष्ट गर अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगु सङ्क्रमण भेटिएपछि सम्भावित ठाउँको पहिचान गरी सरसफाइ गर्न थालिएको छ । वर्षातका कारण पानी जमेका ठाउँ सफा गरिएको छ।

सूचना अधिकारी शर्माका अनुसार थप वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगुको लार्भा हुर्किने र त्यसबाट सङ्क्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउँलाई बढी निगरानी गरिएको छ । सङ्क्रमण ह्वात्तै फैलिने सक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्देशन दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते