होमपेज > मोरङमा दुई नाबालिका मृत फेला

मोरङमा दुई नाबालिका मृत फेला

बिज्ञापन
बिज्ञापन

मोरङको सुन्दरहरैचामा शनिबार दुई नाबालिका मृत फेला परेका छन् । सुन्दरहरैचा नगरपालिका- ७ स्थित केराघारीभित्र ३ र १ वर्षीया नाबालिका मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरेका अर्जुन कार्कीका छोरीहरु ३ वर्षीया आइका र १ वर्षीया अर्पणा रहेको कोशी प्रहरी प्रदेश कार्यालय स्रोतले जनाएको छ । उनीहरुलाई केराघारी भित्र मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसैगरी, मृतक नाबालिकाहरुकी आमा २९ वर्षीया अस्मिता न्यौपानेसमेत सम्पर्कविहिन छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शुक्रबार राति दम्पतीबीच झै-झगडा भएको थियो ।

बिज्ञापन

अस्मिता राति नै दुई छोरीलाई लिएर घरबाट बाहिर हिँडेको जनाइएको छ । अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा-७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए । शव नजिकै प्रहरीले मेटासिट नामको विषादी फेला पारेको छ । सम्पर्कविहीन अवस्थामा रहेकी अस्मिताको खोजी र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते