होमपेज > पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बिज्ञापन
बिज्ञापन

तनहुँको घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

बिज्ञापन

तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो। ‘अहिले पनि फुसफुस पहिरो खसिराखेको छ, तत्काल पन्छाउन सकिने अवस्था छैन,’ उनले भने, ‘भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ।’ राजमार्गमा ठूलो पहिरो खसेकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको उनले बताए।

बिज्ञापन

पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो गएको ठाउँ नजिकैबाट सानो गाडी जाने वैकल्पिक मार्ग भए पनि ठूला गाडी उक्त बाटो गुड्न नसक्ने उनले बताए। ठूला गाडीलाई तनहुँको डुम्रेबाट लमजुङको सुन्दरबजार, दुइपिप्ले हुँदै पोखरा जान लगाइएको छ। पोखराबाट छुट्ने गाडीलाई पनि सोही मार्ग प्रयोग गर्न आग्रह गरिएको सिडिओ गौतमले बताए। पृथ्वी राजमार्ग फराकिलो बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीलाई भोलि बिहानैदेखि पहिरो पन्छाउन निर्देशन दिएको पनि उनले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते