होमपेज > ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दै

ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दै

बिज्ञापन
बिज्ञापन

ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दै छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रात अर्थात् श्रावण शुक्ल चतुर्दशीमा कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेको छ । जनै पूर्णिमाको अघिल्लो रात आज साँझ पनि कुम्भेश्वर मन्दिरमा मेला लाग्ने भएको हो ।

बिज्ञापन

मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ । परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बताइएको छ ।

बिज्ञापन

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर पनि एक हो । महादेव जलमा विराजमान भएको प्रतिकस्वरूप सर्वेश्वर महादेवको मुकुटलाई मन्दिर परिसरमा भएको पोखरीमा स्नान गराई खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ । सर्वेश्वर महादेवको मुकुटलाई कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बोक्ने र देवल पोखरी गुठियार तथा महादेव मन्दिरका भण्डारीले पूजा गर्दै परिक्रमा गराउने चलन रहेको छ ।

यस वर्ष देवलपोखरी गुठियार तथा कुम्भेश्वर महादेवको भण्डारीका रूपमा प्रजिन श्रेष्ठले पूजा गर्ने भएका छन् । हजुरबुवा बालकृष्ण श्रेष्ठको निधन भएको र पिता जीवनप्रसाद श्रेष्ठ बर्खी बसिरहेको हुँदा प्रजिनले आफ्ना कुलको कार्यलाई अघि बढाउन लागेका हुन् । कोरोना महामारीको बेला पनि हजुरबुवाको स्वास्थ्य अवस्था नाजुक भएको कारण प्रजिनले नै जनै पूर्णिमा पूजा सम्पन्न गरेका थिए । कुम्भेश्वर मेला दुई दिनसम्म चल्ने र समापनपछि पुनः विधिपूर्वक भगवानलाई मन्दिरमा राखिन्छ ।

बिज्ञापन

मूल पुजारी माधवश्याम शर्माका अनुसार बंगलामुखी मन्दिर परिसरस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने जनैपूर्णिको मेला किराँत कालदेखि संचालन हुँदै आएको विश्वास छ । रसुवा जिल्लास्थित गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डकै पानी बगेर पाटनको कुम्भेश्वर मन्दिरमा आउने कथन रहेको हुँदा सोही बगेको पानीबाट मन्दिर परिसरको उत्तरपश्चिममा जलासय निर्माण गरिन्छ । गोसाइँकुण्ड जान नसक्ने तीर्थालुहरूले कुम्भेश्वरमा सर्वेश्वर महादेवको दर्शन गरे गोसाइँकुण्ड गएर गरेको धर्म स्वरूप फल प्राप्त हुने जनविश्वास छ ।

महादेवको प्रिय महिना श्रावण महिनाभर महादेव जलमा विराजमान हुन्छन् भन्ने कथन छ । श्रावण महिनामा श्रद्धाका साथ भगवान शिवको पूजा–आराधना गरेकोमा धर्म, अर्थ, काम, मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । देशका विभिन्न स्थानबाट हजारौंको संख्यामा भक्तजनहरू सर्वेश्वर महादेवको दर्शनगरी कुम्भेश्वर मेला भर्न आउँदछन् । जलासयको जल आफूमा शेरचन गरेमा रोग–व्याधबाट छुटकारा पाइने विश्वास छ, त्यही कारण थुप्रै मानिसहरू पौडी पनि खेल्ने गर्दछन् ।

सनातन धर्मावलम्बीहरूको ठूला चाडहरूमध्ये जनै पूर्णिमा एक हो । यस दिनलाई ऋषि तर्पणी, क्वाटी पुन्ही (क्वाटी पूर्णिमा), गुनः पुन्ही, रक्षा बन्धन पनि भनिन्छ । यस दिन रसुवाको गोसाइँकुण्ड, काठमाडौंको पशुपतिनाथ, ललितपुर पाटनको कुम्भेश्वर महादेव तथा देशका विभिन्न शिवालयमा मेला लाग्ने गर्दछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते