रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता भएका छन् ।
बिज्ञापन
शुक्रवार राति सुनछहरी गाउँपालिका ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो ।
बिज्ञापन
घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।








