हात्तीले आक्रमण गर्दा बर्दियामा एक जनाको मृत्यु भएको छ । आक्रमणबाट एक युवा घाइते भएका छन् ।
बिज्ञापन
कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको हो । आक्रमणमा सोही वडाका २५ वर्षीय विश्राम थारु गम्भीर घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
बिज्ञापन
घाइते थारुको हात भाँचिएको छ । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।








