होमपेज > एक महिनाको अवधिमा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति?

एक महिनाको अवधिमा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति?

बिज्ञापन
बिज्ञापन

सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बिज्ञापन

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना रहेको थियो ।

बिज्ञापन

कुन देशबाट कति आए?

सार्वजनिक रिपोर्टअनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ४२.४४ प्रतिशतको हिस्सा हो । यस्तै, सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ९.२९ प्रतिशत हो ।

बिज्ञापन

एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना, युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएका छन् ।

यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स