सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ ।
बिज्ञापन
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र खोप लगाउन छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्ने भएको हो ।विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरुलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी रहेको महाशाखाले जनाएको छ ।
बिज्ञापन
नेपालले सन् २०१४ बाट सुईबाट दिइने पोलियो विरुद्धको खोप (आईपीभी) सुरू गरे पनि २०१६ देखि २०१८ को मध्यसम्म विश्वव्यापी रुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो ।








