होमपेज > अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका तेजराम चौधरी पक्राउ

अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका तेजराम चौधरी पक्राउ

बिज्ञापन
बिज्ञापन

अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो ।

बिज्ञापन

अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ लगेका थिए । पहिले ब्राजिलमा गएर काम गर्ने र त्यहाँबाट अमेरिका जाने भन्दै नक्कली कामदार भिसा बनाएर उनीहरूलाई पठाइएकोमा फिलिपिन्स पुगेपछि त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो ।

बिज्ञापन

पीडित चार युवा नेपाल फर्किएपछि फेरि उनीहरूलाई अमेरिका पठाउने भन्दै दिल्ली पुर्याइ २ महिनासम्म राखिएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । दिल्लीमा बन्धक बनाएर राखेपछि त्यहाँबाट उम्कनसमेत ३९ लाख रुपैयाँ बुझाउनु परेको पीडितहरूको भनाइ छ । अमेरिका जान र बन्धक बनाएपछि छुट्नसमेत गरेर उनीहरूले डेढ करोड रुपैयाँभन्दा बढी बुझाएको एसपी रेग्मीले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते