होमपेज > एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

बिज्ञापन
बिज्ञापन

नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाले बताएको हो ।

बिज्ञापन

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको बताएका छन् । “हामीलाई विश्वास छ कि यो कदम आजियाटालाई आफ्ना रणनीतिक प्राथमिकता पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने छ,” उनले भनेका छन्, “यो कदम हाम्रा सबै लगानीकर्ताको दीर्घकालीन हितमा पनि छ।” एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

बिज्ञापन

नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो । सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । एनसेलले सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०/२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते